युरोपा लिग : लिभरपुल, सेभिल्ला, शाख्तर डोनेस्क र भिल्लारियल अन्तिम चारमा

Posted on: May 02, 2016 | views: 148

काठमाडौं,बैशाख ३ । लिभरपुल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमुण्डलाई ४–३ ले हराएर समग्रमा ५–४ को जितसहित लिभरपुल अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेगमा बोरुसियाले लिभरपुललाई १–१ को बराबरीमा रोकेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुलका लागि ओरिगी, क्वान्टिनियो, साखो, र लोभरेनले एक एक गोल गरे । यस्तै बिहीबार राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई टाईब्रेकरमा ५–४ ले हराएर सेभिल्लाले पनि अन्तिम चारमा स्थान बनाएको छ । यस्तै दोस्रो लेगमा स्पोर्टिङ बरागालाई ४–० ले हराएको शाख्तर डोनेस्क समग्रमा ६–१ को जितसहित अन्तिम चारमा पुगेको हो ।

यस्तै दोस्रो लेगमा स्पार्टा पाराग्वेलाई ४–२ हराएको भिल्लारियल पनि समग्रमा ६–३ जितसहित अन्तिम चारमा स्थान बनाएको छ ।
unn.com,np