नामिबियाली क्रिकेट टोली नेपालसँग भिड्न आइपुग्यो

Posted on: May 02, 2016 | views: 227

२ बैशाख, काठमाडौं ।
नेपाललाई पाठ पढाउने भन्दै दुईदिन अघि उडेको नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न आएको टोलिले नेपालसँग यही वैशाख ४ र ६ गते प्रतिस्पर्धा गर्दैछ । १७ सदस्यीय नामिबियाको टोलीले कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलिको सामना गर्नेछ ।

नेपाल आइपुगेको क्रिकेट टोलि पाँचतारे सोल्टी होटलमा बसेको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०की कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार सम्पूर्ण व्यवस्थापन क्यानले हेरिरहेको छ ।

अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई नामिबियासँगको दुवै खेल जित्नुपर्ने दवाव रहेको छ । नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपाल शीर्ष चारभित्र पर्ने सम्भावना रहन्छ ।

उक्त प्रतियोगितामा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छन् ।

नेपालले प्रतियोगितामा यसअघि खेलको चारै खेल हारेकाले दुई अंक जोडेको नामिबियालाई अंक तालिकामा पछि पार्न नेपालले दुवै खेल जित्नुपर्ने भएको छ ।
नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षकबाट राजिनामा दिएपनि नेपाली क्रिकेटका शुभचिन्तकको रुपमा रहेका लोकप्रिय क्रिकेट पशिक्षक पुबुदु दसानायकेपनि यतिबेला परामर्श प्रशिक्षकका नेपाल नेपालमा रहेका छन् । उनैले हाल नेपाली क्रिकेट टोलिलाई प्रशिक्षण दिइरहेका छन् ।

नेदरल्याण्डसँग नेपालको विश्व क्रिकेट च्यापियनसिप भिडन्त तय

नामिबियाली क्रिकेट प्रमुखले भने-'नेपाललाई पाठ पढाइदिन्छौं' (विस्तृतमा पढ्नुहोस्)