भेट्रान टेबल टेनिस शनिबार

Posted on: May 02, 2016 | views: 147

२ बैशाख, काठमाडौं ।
विश्व टेबल टेनिस दिवशको उपलक्षमा नेपाल भेट्रान टेबल टेसि संघले बैशाख ४ गते शनिबार भेट्रान टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा ४० बर्ष माथि, ५० बर्ष माथि, मेन्स डबल्स र लेडिज डबल्स गरि कुल ४ विधामा प्रतिस्पर्धा गराईने छ ।

कुल ५० खेलाडीको सहभागिता रहने प्रतियोगितालाई ब्यवस्थित र मर्यादित बनाउन नेपाल भेट्रान टेबल टेनिस संघका अध्यक्ष गोवर्धन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यिय आयोजक समिति गठन गरिएको धर्ममान बज्राचार्यले जनाएका छन् ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मिति ः २०७३ बैशाख २ गते
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु
सर्वप्रथम त म नयाँ बर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।
नेपालमा रेस्लिङ खेलको आकर्षणलाई ध्यानमा राखेर यस नेपाल रिंग रेलिस्ङ संघले नयाँ बर्षको अवसर पारेर बैशाख ४ गते दिनको १ बजे दशरथ रंगशालमामा प्रथम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागेको कुरा यहाँहरुलाई सर्वविधितै छ । प्रतियोगिताका लागि हामीले तयारीको पाटोमा कुनै कसुर बाँकी राखेका छैनौं । सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले गर्ने कार्यक्रम समेत तय भएको छ । जसले नेपालमा रेस्लिङको विकासमा नयाँ आयम थप्ने हामीले विश्वास लिएका छौं ।

प्रतियोगितामा सहभागी हुने विभिन्न देशका रेस्लरहरु समेत काठमाडौं आइसकेका छन् । मंगबार करिब एक दर्जन विभिन्न देशका नम्बर वान रेस्लरहरु नेपालमा आएर आफ्नो तयारी गरिरहेको समेत म यस पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहन्छु ।

प्रतियोगिताका लागि  १ हजार, ५ सय र ३ सयको टिकट विक्रि गरिहेका छौं । त्यसैगरि ललितपुर मोबाइल कम्प्लेक्सको सौजन्यमा हामीले तीनजना भाग्यशाली दर्शकलाई स्पमार्टफोनसमेत उपहार राखेका छौं । प्रतियोगिताको आयोजना हुने स्थलको क्षमतालाई हेरेर हामीले अहिले १५ हजार टिकटमात्र विक्रि वितरण गर्ने योजना बनाएको समेत म यहाँ अवगत गराउन चाहान्छु ।

त्यसैगरि सबैको चासोको विषय सुरक्षा व्यवस्थामा हामी सम्पूर्ण ध्यान दिएका छौं । दर्शकहरुलाई सहज रुपमा रेस्लिङ प्रतियोगिता हेर्ने वातावरण मिलाउनका लागि हामीले नेपाल प्रहरी, सेकुरिटी गार्ड र स्वयसेवकको व्यवस्था गरेका छौं । जसले दर्शकलाई सहजरुपमा टिकट देखाएर प्रवेश गरि आफ्नो तोकिएको सिटमा बसेर रेस्लिङ हेर्न सक्नेछन् ।

अहिलेसम्म प्रतियोगिताका लागि जापान, मंगोलिया, म्याक्सिको, अमेरिका, न्युजिल्यान्ड, लन्डनलगायतका पुरुष तथा महिला रेस्लरहरु नेपाल आइसकेका छन् । अन्य रेस्लरहरु पनि आउनेक्रम जारी छ । त्यसैगरि नेपालका चर्चित रेस्लरहरु पनि राम्रो तयारी गरिरहेकाले प्रतियोगिता निकै प्रतिस्पधात्मक हुने हामीले विश्वास लिएका छौं । नेपालका नुवाकोटे टाइगर, कोजु, युग, बाबा बोइ, कोब्रालगायतले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगितामा हामी तिन प्रारुपका खेलहरु संचालन हुने छन् । ट्याग टिम(२भर्सेस २), ३ भर्सेस ३ र सिंगल प्रकृतिका फाइट हुने छन् । त्यसैगरि महिला रेस्लरहरुको अर्काे प्रकृतिको फाइट हुने छ ।

प्रतियोगिताको मुख्य आकर्षणका रुपमा रहेको वेल्ट सोहि दिन नै विजेता खेलाडीलाई हस्तान्तरण गरिने छ ।
अन्तमा यस संघले आफ्नो स्थापनाकालको छोटो अवधिमा नै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिरहेको छ ।  संचार क्षेत्रको महत्वपूर्ण सहयोगले हामीलाई थप उर्जा मिलेको हो ।  यहाँहरुले विगतमा झै हाम्रो प्रयासमा साथ दिनुहुने विश्वासमेत व्यक्त गर्न चाहान्छु ।

धन्यवाद ।
 
सुवर्ण श्रेष्ठ
महासचिव