नेदरल्याण्डसँग नेपालको विश्व क्रिकेट च्यापियनसिप भिडन्त तय

Posted on: May 01, 2016 | views: 263

२ वैशाख, काठमाडौं ।
नामिबियासँग विश्व क्रिकेट लिग डिभिजन खेल्न लागिरहेको नेपालको नेदरल्याण्डसँगको अर्को भिडन्त तय भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले नेदरल्याण्डसँग आगामी साउनमा भिडन्त गर्ने भएको छ ।

नेपालले साउन अन्तिम २९ र ३१ गते खेल्ने भएको छ । क्रिकेट युरोप ४ का अनुसार साउन २९ र ३१ गते (अगष्ट १३ र १५० मा खेल हुन तय भएको छ, खेल नेदरल्याण्डको घरेलु मैदानमा हुने भएको छ ।

यद्यपि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भने औपचारिक रुपमा खेलको मिति घोषणा गरिसकेको छैन ।

समाचारमा जनाए अनुसार नेपालसँग खेल्नु अघि नेदरल्याण्डले जुलाई अन्तिममा अफगानिस्तानसँग इन्टरकन्टिनेन्टल कप अन्तरगत चार दिवसीय खेल खेल्दैछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ ।

हङकङ ९ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल अंकविहीन हुँदै पुछारमा रहेको छ ।

नेपाले यही बैशाख ४ र ६ गते घरेलु मैदान कीर्तिपुरमा नामिबिया बिरुद्ध खेल्दैछ । यसको लागि नेपाल अध्यासमा रहेको छ भने नामिबियाको टोली नेपालको लागि हिँडिसकेको छ ।

पुबुदु नेपालको सल्लाहकार प्रशिक्षक बन्न सहमत,चैत २२ मा नेपाल आउदै

नामिबियाली क्रिकेट प्रमुखले भने-'नेपाललाई पाठ पढाइदिन्छौं' (विस्तृतमा पढ्नुहोस्)