एजेन्सी,बैशाख २ । जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बेन्फिकासँग उसकै घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्दै समग्रमा ३–२ को जित हात पार्दै बार्यन म्युनिख सेमिफाइनल प्रवेश गरेको हो। पोर्चुगिज क्लब बेन्फिकाको मैदानमा भएको खेलमा २७ औं मिनेटमा हिमेनेज रोड्रिग्वेजले गोल गर्दै घरेलु क्लबलाई सुरुवाती अग्रता दिलाए ।
३८ औं मिनेटमा अटुरो भिडालले बार्यनका लागि बराबरी गोल फर्काए । ५२ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बार्यनले २–१ को अग्रता लियो । तर ७६ औं मिनेटमा सोजा कोसिसोङले बेन्फिकाका लागि बराबरी गोल फर्काए ।
बार्यनसँगै स्पेनिस क्लब रियल र एथ्लेटिको मडिङ तथा इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम चारमा पुगेका छन्। च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको ड्र शुक्रवार सार्वजनिक हुनेछ।