१ बैशाख, एजेन्सी ।
इंग्ल्याण्डका ब्याट्सम्यान जेम्स टेलर सन्यास लिन बाध्य भएका छन् ।
मुटुको कमजोर अवस्थाका कारण २६ वर्षका टेलर सन्यास लिन बाध्य भएका हुन् ।
स्क्यानबाट टेलरको मुटुको अवस्था कमजोर देखिएको र यस गर्दा उनले खेल्न नसक्ने चिकित्सकले बताएका छन् । टेलरले सात टेस्ट र २७ एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट खेलेका छन् ।
उनी गएको हप्ता अचानक बिरामी परेका थिए । उनलाई आर्थोमोजेनिक राइट भेन्टिकुलर कार्डियोप्याथी एआरभिसी भएकाले उपचार भइरहेको र शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् ।
जेम्सले सुस्वास्थ्यका लागि पाएको सदिक्षाले आफूलाई निकै खुसी बनाएको र यो आफ्ना लागि महत्वपूर्ण हुने बताए ।