कराँतेमा नुवाकोटको अनुको उत्कृष्ट प्रदर्शन, प्रतिस्पर्धीलाई सहजै हराउदै जितिन स्वर्ण

Posted on: December 03, 2019 | views: 2337

काठमाडौ । कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्।  अधिकारीले फाइनलमा श्रीलंकाका डन टुउलुलाई ८-० हराउँदै नकआउट पारिदिइन्।

५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८ - ० ले नकआउट गरिन्। सोमबार कराँतेमा ९ स्वर्णको लागि भएको प्रतिष्पर्धा मध्ये ७ वटामा नेपालले स्वर्ण जितेको छ भने दुई वटा रजत जितेको छ। नेपालले कुमिते (फाइट) मा ५ र कातामा ३ स्वर्ण जितेको हो।  

१३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेको उत्कृष्ट प्रदर्शनले नेपाललाई अङ्क तालिकामा शीर्ष स्थानमा राखेको छ।  नेपालका लागि मण्डेकाजी श्रेष्ठले व्यक्तिगत कातामा १३औं सागकै लागि पहिलो स्वर्ण दिलाए।