'प्रथम खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता' नुवाकोटमा आयाेजना, नाम दर्ता २७ गतेसम्म गरिने

Posted on: May 03, 2019 | views: 6393

विदुर । मुलुकभरका खेलाडी समावेश गराउदै 'प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता' नुवाकोटमा याेजना गरिएको छ ।

यही बैशाख २७ र २८ गते नुवाकोटमा दुइ दिने प्रतियोगिता सञ्चालन गर्न लागिएको हाे । नुवाकोट बुद्विचाल (चेस) संघकाे याेजनामा सञ्चालन गर्न लागिएकाे प्रतियोगितामा सहभागी हुने इच्छुक खेलाडीहरुकाे लागी नाम दर्ता गर्न ह्वान गरिएकाे प्रतियोगिताका निर्देशक श्याम केसीले जानकारी दिनुभयो ।

उहाँको अनुसार सहभागी हुन चाहने खेलाडीले नाम दर्ताकाे लागि नुवाकोट (स्थानीय ), महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडीलाई ५०० र बाँकीकाे लागि १००० शुल्क ताेकिएकाे छ । नाम दर्ता यही बैशाख २७ गते बिहानसम्म गर्न सकिने ब्यबस्था मिलाइएकाे छ ।


प्रतियोगितामा (समग्रमा) १५ खेलाडीले कुल ६० हजार पुरस्कार प्राप्त गर्नेछन । पहिलाे हुने खेलाडीले १५ हजार, दाेर्श्राेले १० हजार, तेर्श्राेले ७ हजार, चाैथाेले ५ हजार, पाचाैँ हुनेले ३ हजार पुरस्कार पाउनेछन् । यसैगरी छैटौं देखि दशाै स्थानसम्म हासिल गर्ने पाँच जना खेलाडीले २-२ हजार पुरस्कार ताेकिएकाे छ ।

यसैगरी, नुवाकोटबाट सहभागी उत्कृष्ट एकजना खेलाडीले चार हजार पाउने छ भने उत्कृष्ट महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना, उत्कृष्ट भेन्ट्रास ( ५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले १५ सय पुरस्कार पाउने याेजक नुवाकोट बुद्विचाल संघका अध्यक्ष अमजाद लमले जानकारी दिनुभयो ।