आठौं राष्ट्रिय खेलकुद सुरु, पहिलो दिन पाँच खेल हुने

Posted on: April 10, 2019 | views: 8492

नेपालगञ्ज । पाँच नम्बर प्रदेशमा आज (बुधबार) देखि हुने आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न पाँच हुने भएका छन् । आज दाङको घोराही कभर्डहलमा टेबलटेनिस खेल हुनेछ त्यस्तै कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती हुँदा नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की हुनेछ भने  ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् ।

आठौं राष्ट्रियको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्वनिर्धारित तालिकाअनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन वैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।
उद्घाटनअघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ उद्घाटनपूर्व सकिने छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् ।