न्यू तुप्चे युवा क्बलको आयोजनामा फुटबल प्रतियोगिता सुरु, पहिलो दिन दुई खेल सम्पन्न

Posted on: November 01, 2018 | views: 3140

१५ कात्तिक, तुप्चे । न्यू तुप्चे युवा क्बलको आयोजनामा विदुर नगरपालिका वडा नं। ७ मा रहेका अन्तरविद्यालयस्तरीय फूटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बच्छला माविलाई चण्डेश्वरी माविले १ को विरुद्ध ८ गोल अन्तरले हराएको छ । यसैगरी, पायोनियर बोर्डिङ स्कुललाई उत्तरगया अग्रेजी बोर्डिङ स्कुलले १ को विरुद्ध २ गोल अन्तरले हराएको छ । प्रतियोगितामा सहभागी भएका चारवटा विद्यालयबीच लिग चरणमा खेलाएर उत्कृष्ट विद्यालय छनोछ गर्ने क्लबका सदस्य निराजन बोगटीले जानकारी दिनुभएको छ ।

प्रतियोगितोका उद्घाटन सयुक्त रुपमा क्लका अध्यक्ष दिनेश बोगटी र निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष सुमन अधिकारीले गर्नुभएको थियो । निर्माण व्यवसायी संघका अध्यक्ष अधिकारीले खेलको माध्यमबाट विद्यार्थीहरुमा अनुशासन, क्षमता अभिबृद्धि, शारीरीक रुपमा स्फूर्ति बढ्ने भएकाले प्रतिस्पर्धाका क्रियाकलापलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै, क्लबका अध्यक्ष दिनेश बोगटीले क्बलले विभिन्न रचनात्मक कार्यक्रम अन्तरगत विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको र उत्कृष्ट हुनेलाई यही कात्तिक १९ गते अक्करेमा आयोजित विबिध सास्कृतिक कार्यक्रममा पुरस्कार प्रदान गरिने बताउनुभएको छ ।