विश्वकप फुटवलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

Posted on: July 15, 2018 | views: 6570

एजेन्सी । विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फाइनलमा क्रोएसियाले  ४–२ गोलले हराँउदै फ्रान्सले उपाधि जितेको हो ।  फाइनलमा क्रोएसियालाई ४–४ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।

फ्रान्सलाई उपाधि दिलाउन एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।