इजिप्टविरुद्ध नाटकीय गोल गर्दै उरुग्वेको विजयी सुरुवात

Posted on: June 15, 2018 | views: 4556

एजेन्सी । विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । पटक पटक गोल गर्ने मौका गुमाएको उरुग्वेका लागि ग्यामेनिजले अन्तिम समयमा शशक्त हेडिङ गर्दै गोल गरेका थिए।

त्यसअघि उरुग्वेका लुइस सुआरेज र इडिसन काभानी पटक पटक गोल गर्न चुकेका थिए। २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकै बल पाएपनि गोलपोष्ट बाहिर प्रहार गरेका थिए।  समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् ।