सोमपाल ‘लिस्ट ए’ क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर

Posted on: March 17, 2018 | views: 4655

काठमाडौ । आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । ८ ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै १६ रनमात्र दिएका छन् ।

आइसीसीको ‘लिस्ट ए’ क्रिकेटमा ५० विकेट लिने सोमपाल कामी पहिलो नेपाली बलर बनेका छन् । तीव्र गतिका बलर सोमपालले शनिबार आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं र आठौ स्थानका लागि भइरहेको खेलमा नेदरल्याण्डविरुद्धको खेलमा २ विकेट लिदै लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन् ।

सोमपालले ५०औं विकेटको रूपमा नेदरल्याण्डका बेन कुपरलाई शून्य रनमा आउट गरेका थिए । अहिले भइरहेको नेदरल्याण्डविरुद्धको खेलमा सोमपालले ३ विकेट लिइसकेका छन् । साथै जारी प्रतियोगितामा भने अहिलेसम्म ७ विकेट लिएका छन् । सोमपालले ‘लिस्ट ए’मा ५० विकेट लिन कुल ३७ खेल खेलेका थिए । सोमपालले लिस्ट ए क्रिकेटमा  सन् २०१४ मा युएईविरुद्ध डेभ्यु गरेका थिए ।