अन्तर्रा्ष्ट्रिय कराँते प्रतियोगितामा २३ स्वर्ण ९४ पदक सहित नेपाल पहिलो

Posted on: December 29, 2017 | views: 3635
धनगढी । आठौं अन्तर्रा्ष्ट्रिय कराँते प्रतियोगितामा नेपाल ९४ पदक सहित पहिलो भएको छ । धनगढीमा सकिएको प्रतियोगितामा १ सय ६८ मध्ये नेपालले २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरि ९४ पदक जितेको हो । दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण सहित ५१ पदक प्राप्त ग¥यो । तेस्रो स्थानमा रहेको भुटानले ६ स्वर्ण सहित ९ पदक जित्यो भने श्रीलङकाले २ स्वर्ण सहित ७, बंलादेशले १ स्वर्ण सहित ५ पदक र पाकिस्तानले १ स्वर्ण सहित २ पदक जित्यो । सुदूरपश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगीताको कुमुतोविधातर्फ भने नेपालका विभागीय र क्षेत्रीय टिमले वर्चश्व जमाएका छन् । कुमुतोमा सशस्त्र प्रहरीको एपिएफ पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो र पश्चिमाञ्चल तेश्रो भए । पहिलो भएको एपिएफले ५१ हजार, दोश्रो भएको सुदूरपश्चिमाञ्चलले ३१ हजार र तेश्रो भएको पश्चिमाञ्चलले २१ हजार पुरस्कार पाएका छन् । प्रतियोगिताका लागि नेपालसहित ६ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । भैरहवा ग्लार्डिटर्स र विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग उपाधिका लागि शनीबार प्रतिसपर्धा गर्ने छन ् । भैरहवाले ललितपुरलाई हराउँदै फाइनलमा पुगेको हो भने विराटनगरले पहिलो प्ले अफमा भैरहवालाई नै हराउँदै फाइनलमा पुगेको हो । यी दूइको फेरी भिडन्त उपाधिका लागि शनिबार हुनेछ ।