चितवन टाईगर्स लिग चरणबाटै बाहिरियो, भैरहवा क्वालिफायरमा प्रवेश

Posted on: December 26, 2017 | views: 755
काठमाडौं । भैरहवा ग्ल्याडियटर्स संग पराजित भए संगै चितवन टाईगर्स एभरेस्ट प्रिमियर लिग ई पि यल टि २० क्रिकेट प्रतियोगिताको लिग चरण बाटै बाहिरिएको छ । कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्सले चितवन टाईगर्सलाई ४ विकेटले पराजित गरेको थियो । भैरहवा यो जित पछि एक खेल अगावै क्वालिफाएरमा प्रवेश गरेको छ । भैरहवाले ग्ल्याडियटर्सले अब बुधबार बिराटनगर वारीयर्स संग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ । क्वालिफायर विजेता टोली सोभैm फाईनलमा प्रवेश गर्ने छ । क्वालिफायरमा पराजित भएको टोलीले तेस्रो स्थानमा रहेको ललितपुर प्यट्रियट्स् र चौथो स्थानमा रहेका पोखरा राईनोजबिचको विजेता संग खेल्ने छ । मंगलबारको खेलमा पहिलो ब्याटिङ्ग गरेको चितवन टाईगर्सले २० ओभरमा ९ विकेटको क्षेतीमा ८७ रन बनाएको थियो । ८८ रनको सामान्य लक्ष्य भैरहवा ग्ल्याडियटर्सले १८.३ ओभरमा विकेटको क्षेतिमा प्राप्त गरेको थियो । मंगलबार भएको दोस्रो खेलमा ललितपुर प्यट्रियट्स्ले पोखरा राईनोजलाई ६ विकेटले पराजित गरेको थियो । शुरुमा ब्याटिङ्ग गरेको पोखरा राईनोजले २० आभरमा ५ विकेटको क्षेतीमा १ सय ३२ रन बनाएको थियो । १ सय ३३ रनको विजयी लक्ष्य ललितपर प्यट्रिसले २० ओभरमा ४ विकेटको क्षेतीमा पुरा गरेको थियो । ललितपर प्यट्रिसका जयकिशन कोल्सावालाले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।