एपिएफलाई हराउँदै सुनसरी ११ फाल्गुनन्द गोल्डकपको सेमिफाईनलमा

Posted on: December 24, 2017 | views: 615
पाँचथर । सुनसरी ११ नवौं फाल्गुन्नद गोल्डक कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । पाँचथरको फिदिममा आईतबार भएको खेलमा शुनसरी ११ ले सशस्त्र प्रहरीको ए पि यफ क्लबलाई टाईब्रेकरमा ३÷० गोल अन्तरले पराजित गरेको थियो । शुनसरी ११ का लागि हेमन्त थापा मगरले २ र तिर्थ बस्नेतले १ गोल गरेका थिए । यस खेलको म्यान अफ दि म्याच घोषित भएका शुनसरी ११ का दुई गोल कर्ता हेमन्त थापा मगरले १० हराज रुपैँया पुरस्कार प्राप्त गरेका थिए । सोमबारको खेल आयोजक फिदिम स्पोट्रिङ्ग क्लब र बिर्तामोड युनाईटेडकाबिच हुनेछ । प्रतियोगिताको विजेता क्लबले ३ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छ ।