विराट युनाईटेड फाल्गुन्नद गोल्डकप फुटबलको क्वाटरफाईनलमा

Posted on: December 23, 2017 | views: 1197
पाँचथर । पूर्व विजेता विराट युनाईटेड नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पाँचथरको फिदिममा शनिबार भएको खेलमा विराट युनाईटेडले मिसन युनाईटेडलाई टाईब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । निधारित समय १–१ गोलको बराबरीमा सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।