एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको लगातार चौथो जित

Posted on: December 23, 2017 | views: 538

काठमाडौं ।

विराटनगर वारियर्सले कीर्तिपुरमा जारी एभ्रेस्ट प्रिमियर लिग ई पि एल टि २० क्रिकेट प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले प्रतियोगिताको दाबेदार अर्को बलियो टोली भैरहवा ग्ल्याडियटर्सलाई ३५ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको विराटनगर वारियर्सले ६ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । विराटनगर वारियर्सका शुरुआती ब्याट्स्र म्यान अन्सुमन रथले सर्वाधिक ५७ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

१ सय ५० रनको विजयी लक्ष्य पछ्याउने क्रममा भैरहवा ग्ल्याडियटर्स १८.३ ओभरमा १ सय १४ रन बनाउँदा सबै विकेट गुमाउनु पुग्यो । यो जितसँगै लगातार चौथो खेलमा अविजित यात्रा जारी राखेको विराटनगर वारियर्सले लिग तालिकामा सर्वाधिक ८ अङ्क बटुलेको छ ।

पहिलो हार व्यहोरेको भैरहवा ग्लयडियटर्स ४ अङ्कका साथ रनरेटका आधारमा तेस्रो स्थानमा पुगेको छ । कीर्तिपुरमा शनिबार नै भएको दोस्रो खेलमा चितवन टाईगर्स पहिलो जित हात पार्न सफल भएको छ । चितवन टाईगर्सले ललितपुर प्यट्रियटस्लाई ५ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको ललितपुर प्यट्रियट्स्ले २० ओभरमा सबै विकेट्स खर्चेर १ सय ३० रन बनाएको थियो । चिनवन टाईगर्सले १९.२ ओभरमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो । चितवन टाईगर्सका कप्तान दिपेन्द्र सिंह ऐरीले ५५ र प्रविन गुप्ताले ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

ई पि एल अन्तर्गत आईतबार कुनै पनि खेल हुने छैन । सोमबार पहिलो खेल काठमाडौँ किङ्गस् एलेभेन र विराटनगर वारियर्स तथा दोस्रो खेल पोखरा राईनोज र भैरहवा वारियर्सका बीच हुनेछ ।