एसीसी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता

Posted on: December 14, 2017 | views: 1372
काठमाडौं । नेपालको युवा टोली थाईल्याण्डमा जारी ए सी सी अण्डर १६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ । थाईल्याण्डमा बिहीबार भएको समूहको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय २७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाईलनको यात्रा तय गरेको थियो । नेपालले पहिलो ब्याटिङ्ग गर्दा चौथो नम्बरमा आएका नेपालका कप्तान रित गौतमले ७८ बलमा १२ चौकाको मद्दत्तमा अविजित रहँदै १ सय ६ रन बनाएका थिए । त्यसपछि ब्याटिङ्ग गर्न आएका त्रित राज गौतमले २९ बलमा ३ छक्का र ७ चौकाको मद्दत्तमा ६४ रन बनाउँदै अर्ध शतक पुरा गरेका थिए । पहिलो ब्याटिङ्ग गरेको नेपालले ३५ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ५० रन बनएको थियो । म्यानमारले ११.३ ओभरमा मात्र १३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालका बलर नारायण जोशी र मेक बहादुरशेन थापाले समान ४ विकेट लिएका थिए भने विशाल विक्रम केसीले १ विकेट लिएका थिए । पहिलो खेलमा आयोजक थाईल्याण्डलाई १ सय ३३ रन र दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नपालले तेस्रो खेल अघि नै सेमिफाईनलको यात्रा तय गरिसकेको थियो । नेपालले सेमिफाईनलमा मलेसियाको समाना गर्ने छ । यसैगरी, अर्को सेमिफाईनल समूह बी को विजेता सिंगापुर र समूह ए को उप विजेता हङकङबीच हुने छ ।