नेपाल आर्मी मोरङ ११ लाई हराउँदै मनमोहन गोल्ड कपको फाइनलमा

Posted on: December 10, 2017 | views: 3850
काठमाडौं । नेपाल आर्मी क्लब दोस्रो मनमोहन गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शुनसरीको दुहबि रङ्गशालामा आईतबार भएको खेलमा नपाल आर्मी क्लबले मोरङ्ग ११ लाई टाईब्रेकरमा ३÷१ गोल अन्तरले पराजित गरेको हाम्रा शनुसरी समाचारदाता प्रदिप पराजुलीले जनाएका छन् । निर्धारित समय १÷१ गोलको बराबरी भए पछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरेको थियो । यस खेलको म्यान आफ दि म्याच घोषित भएका नेपाल आर्मी क्लबका विकेश कुथुले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा मनाङ्ग मस्र्याङदि क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज क्लब, झापा ११, मोरङ्ग ११, रुपन्देहि ११, नेपाल आर्मी क्लब र आयोजक एलेभेन एरोजको सहभागिता रहकोछ । शनिबार भएको उद्घाटन खेलमा चर्च ब्वाईजले झापा ११ लाई टाई ब्रेकरमा ५४ गोल अन्तरले पाराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा प्रथम हुने क्लबले ४ लाख १ हजार १ सय ११ र दोस्रो हुने क्लबले २ लाख १ हजार १ सय ११ रुपैँया पुरस्कार प्राप्त गर्ने छन् । राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको फाईनलमा नेपाल प्रहरीका श्यान्टुले पुरुष र नविताले महिला एकलमा उपाधि जितेका थिए । कम्बोडियाकमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपालका राहुल थोकर लामाले स्वर्ण पदक जितेका छन् । राजधानी नोम पेनमा शनिबार भएको पुरुष ५५ केजी तौल समूहमा राहुलले आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई दोस्रो राउण्ड मै नकआउट गर्दै स्वर्ण पदक जितेका थिए । मतान्तर घटाउदै काङग्रेसका उमेदवार गच्छदार अशिष कुमार यादव, रेडियो नेपाल सुनसरी सुनसरी, २४ मंसिर । सुनसरीको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पछिल्लो मत परिणाम स।ार्वजनीक भएको छ । आइतबार साझ ७ बजे सार्वजनीक भएको पछिल्लो मत परिणाम अनुसार प्रतिनीधिसभा तर्फ दुइ वटा क्षेत्रमा काङग्रेस अगाडि रहेको छ भने दुइ वटा क्षेत्रमा बाम गठबन्धनका उमेदवार अगाडि देखिएको छ । सुनसरीको प्रतिनिध सभा सदस्य क्षेत्र नम्बर १ र ३ मा मतगणा जारी रहदाँ बाम गठबन्धनका उमेदवार अगाडि छन भने २ र ४ मा काङग्रेसको अग्रता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । सुनसरी क्षेत्र नम्वर १ मा नेकपा एमालेका जयकुमार राईले ३६ हजार ७ सय ९१ मत प्राप्त गरेका छन भने संघीय समाजवादी फोरम नेपालका अशोक राइले १८ हजार ८ सय ७३ मत प्राप्त गरेका छन । सुनसरी क्षेत्र नं. २ को प्रतिनिधीसभामा काङग्रेसका सीताराम मेहताले २९ हजार ५ सय ४९ मत ल्याएर अग्रता कायम राखेका छन् । यहाँ बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्मरु सुवेदीले २५ हजार २ सय ३३ मत ल्याएर पच्छयाईरहनुभएको छ । क्षेत्र नं. ३ प्रतिनिधीसभामा भने बामको अग्रता रहेको छ । यहाँ बाम गठबन्धनका एमालेकी भगवती चौधरीले २३ हजार १ सय ३ मत ल्याएर बामको अग्रता कायम राख्नुभएको हो । यहाँ नेपाली काङग्रेसका उम्मेदबार तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले २२ हजार १ सय ३ मतले पच्छायईरहनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधीसभामा भने काङग्रेसको अग्रता रहेको छ । यहाँ नेपाली काङग्रेसका उम्मेदबार तथा अर्थमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले २७ हजार सय सय ६७ मत ल्याएर काङग्रेसको अग्रता कायम राख्नुभएको छ । यस क्षेत्रमा बाम गठबन्धनका उम्मेदबार रमेश श्रेष्ठले २१ हजार २ सय ७४ मतले पच्छयाईरहनुभएको छ ।