काठमाडौं ।
नेपाल मलेसीयामा जारी आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेट प्रतियोगितामा भाग लिएर शनिबार काठमाडौँ फर्किएको छ ।
शुक्रबार भएको सेमिफाईनलमा नेपाल अफ्गानिस्तान संग पराजित भएको थियो ।
फाइनल खेल अफ्गानिस्तान र पाकिस्तानबिच आईतबार हुने छ ।
प्रतियोगिताको समूह चरणमा नेपालले पूर्व अण्डर १९ विजेता भारतलाई पराजित गर्दै ईतिहास रचेको थियो ।