काठमाडौं ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको फाइनल यात्राका लागि नेपालका अघि अफगानिस्तान बाधक बनेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो ।
अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए ।
इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन ।
अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन । उनले नेपालको ६ विकेट लिए । अनिल कुमार साह अर्धसतक बनाउनु बाहेका अरुले राम्रो खेल्न सकेनन् ।
दिपेन्द्र सिंह ऐरी, ६ रन रोहित कुमार पौडेललाई ४ रनमा आउट भए । साहलसे ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।
समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई सेमिफाइनलमा हराउन सकेन । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो ।
पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।