आईसीसी अण्डर-१९ यूथ यशिया कप-नेपालद्धारा मलेसिया ८ विकेटले पराजित

Posted on: November 14, 2017 | views: 1342

काठमाडौं ।

नेपालले मलेसियालाई उसकै घरेलु मैदानमा ८ विकेटको पराकिलो अन्तरले पराजित गर्दैै आई सी सी अण्डर १९ यूथ यशिया कप क्रिकेटको दोस्रो चरणमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।


भर्खर सम्पन्न खेलमा ४५ रनमा मलेसियालाई समेटेको नेपालले ४६ रनको लक्ष्य मात्र २ विकेटको क्षतिमा पुरा गर्दै जित निकालेको हो ।


मलेसियाको महत्वपूर्ण ५ विकेट लिएका सन्दिप लामिछाने खेलको म्यान अफदि म्याच समेत भएका छन् ।


टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि मलेसियाली टिमले १५.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनाउन सकेको थियो ।


वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य ५.३ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको हो । नेपालका लागि अनिलकुमार साहले २६ रनको योगदान दिए ।