एएफसी अण्डर १९ फुटबल अन्र्तगत नेपाल बहराइनसँग प्रतिस्पर्धा गर्दै

Posted on: November 01, 2017 | views: 2727

काठमाडौं ।

एएफसी अण्डर १९ फुटबल प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहिबार बहराईन संग खेल्ने छ ।

किरगिस्तानमा मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक किरगिस्तान संग २-० गोल अन्तरले पराजित भएको थियो ।

नेपालको तेस्रो खेल शनिबार संयुक्त अरब ईमिरेट्स् यु ए ई संग र अन्तिम खेल आउँदो बुधबार ओमान संग हुने छ ।

यहि नेपाली टोलीले गत असोजको पहिलो साता भुटानमा सम्पन्न साफ अण्डर १८ फुटबल प्रतियोगिताको उपाधि हात पारेको थियो ।