अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा पहिलो चरणबाटै बाहिरियो नेपाल

Posted on: October 18, 2017 | views: 420

काठमाडौं ।

अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा गरिएको पहिलो सहभागिताको पहिलो चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय फुटसल टोली बिहिबार काठमाडौँ फर्कदैँ छ ।

ईरानको टिबरिजमा जारी ए यफ सी फुटसलको पहिलो चरणका तिन वटै खेलमा नेपाल पराजित भएको थियो ।

मंगलबार साँझ भएको तेस्रो खेलमा नेपाल तुर्कीमिनिस्तान संग ९÷३ गोलको विशाल अन्तरले पराजित भएको थियो ।

खेलमा नेपालले २ गोलको अग्रता लिए पनि पछि अन्य खेलमा भैmँ गोलको बोझ बोक्न पुगेको थियो ।

नेपाल पहिलो खेलमा उज्वेविस्तान संग १४÷१ र दोस्रो खेलमा किरगिस्तान संग ५÷१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले ३ खेलमा जम्मा २८ गोल खाएको थियो भने ५ गोल हानेको  थियो ।

नेपालको यो पहिलो अन्तरायष्ट्रिय प्रतियोगिता भएकाले यस नतिजा पछि अबका खेलका लागि कस्तो प्रकारको तयारी गर्नु पर्ने हो त्यस बारेमा भने निकै गम्भिर भएर सोच्नै पर्ने हुन्छ ।