विश्वकप फुटबलको छनौट: ब्राजिल पाराग्वेसँग बराबरीमा रोकियो

Posted on: May 02, 2016 | views: 247

एजेन्सी,चैत १७ । दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत  भएको खेलमा ब्राजिल र पाराग्वेले २-२ गोलको बराबरी खेलेका छन्। पाराग्वेले आफ्नो घरेलु मैदानमा भएको भिडन्तमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिनु परेको हो । खेलको ७९औं मिनेटसम्म दुई गोलले पछि परेको ब्राजिलले दुई गोल फर्काउँदै खेल बराबरी गर्दै लगभग गुमाईसकेको अंक बाँड्न सफल भएको हो। स्टार खेलाडी नेयमार र डेविड लुईज बिना मैदानमा ओर्लेको ब्राजिलकालागि यो खेल कठिन रहेको थियो। 

डारियो लेजकानो र एडगर बेनिटेजले गोल गर्दै पाराग्वेलाई २ गोलको अग्रता दिलाएका थिए । ब्राजिलका रिकार्डो ओलिभेरीले ७९औ मिनेटमा गोल गर्दै २-१को स्थितीमा लेराएका थिए भने डेनी आल्भेसले अन्तिम मिनेटमा गोल गर्दै केल बराबरीमा पुर्‍याएका थिए। 

यो जितसँगै ब्राजिल ६ खेलबाट ९ अंकसहित समूहको छैटौं स्थानमा रहेको छ । यो समूहमा समान ६ खेलबाट समान १३ अंकसहित उरुग्वे पहिलो र इक्वेडर दोस्रो तथा ११ अं‍कसहित अर्जेन्टिना तेस्रो र १० अंकसहित चिली चौथो स्थानमा छन् ।