रोनाल्डोको निर्णायक गोलले पोर्चुगलले बेल्जियमलाई हरायो

Posted on: May 02, 2016 | views: 172

एजेन्सी,चैत १७ । बेल्जियमसँगको मैत्रीपूर्ण फुटबलमा पोर्चुगल विजयी भएको छ । बुधवार बिहान भएको  खेलमा पोर्चुगलले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको हो। २० औं मिनेटमा नानीले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । ४० औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे । ६२ औं मिनेटमा रामेलु लुकाकुले बेल्जियमका लागि एक गोल फर्काए ।  

थप समयमा दुबै टोलीका तर्फबाट कुनै गोल हुन सकेन र पोर्चुगल २–१ ले विजयी भयो। दुवै टिमले युरोक २०१६ सुरु हुनुपूर्व अब तीन वटा मैत्रीपूर्ण खेल खेल्नेछन् । बेल्जियमले अब स्विजरल्याण्ड, नर्वे तथा फिनल्याण्ड तथा पोर्चुगलले नर्वे, इंग्ल्याण्ड र इस्टोनियासँग मैत्रीपूर्ण खेल खेल्ने छ ।