काठमाडौं ।
नेपालले मलेसियामा जारी १९ वर्ष मुनि उमेर समूहको ए सी सी पूर्विय क्षेत्र क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।
किनरारामा आज सम्पन्न फाईनलमा नेपालले हङकङ ५ विकेटले पराजित गर्दै विजेताको रुपमा १९ वर्ष मुनि उमेर समूहको यशिया कप २०१७ का लागि छनोट भएको छ ।
नेपालले हङकङले दिएको ७७ रनको विजयी लक्ष्य १४.४ ओभरमा ५ विकेटको क्षेतीमा प्राप्त गरेको थियो ।
नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २६ रनको योगदान गरेका थिए ।
त्यस भन्दा अघि नेपालले टस जितेर फिल्डिङ्ग रोजेपछि पहिलो ब्याटिङ्ग थालेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाएर सबै विकेट गुमाएको थियो ।
नेपालका बलर सन्दिप लामिछाने र शाहेब आलमले ३/३ तथा अनिल सा र कप्तान दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।