काठमाडौं ।
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसिसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोलीको सामना गर्ने भएको छ । सेमिफाइनल शनिबार हुनेछ ।
समूह ‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो ।
अर्को सेमिफाइनलमा नेपालको समूहमा रहेको सिंगापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल जित्ने टोली यू १९ एसिया कपका लागि छनोट हुनेछन् ।
समूह चरणमा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले, दोश्रोमा भुटानलाई ९ विकेट र हिजो अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको थियो ।