यू १५ च्याम्पियनशीप फुटवलमा बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

Posted on: August 25, 2017 | views: 616

काठमाडौं । यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेका छन्  ।

आकाश बुढामगरले ५ मिनेटमा  पहिलो गोल गरी नेपाली टिमलाई १–० को अग्रता दिलाएका थिए । आकाशले नै ३० मिनेटमा दोस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा २–० ले अगाडि रह्यो । दोस्रो हाफमा भने नेपाललाई निकै दबाबमा पारेको बंगलादेशले २ गोल गरे पनि नेपालले अर्को दुई गोल थपे पछि नेपाल ४–ले विजयी भएको हो ।