टि-२० वल्डकप क्रिकेट अष्ट्रेलियालाई हराउँदै भारत सेमीफाइनलमा

Posted on: May 01, 2016 | views: 204

१४ चैत, एजेन्सी ।
भारती टि-२० विश्वकप क्रिकेटको क्वाटरफाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

रोमाञ्चक खेलमा एक समय १३ रनरेट आवश्यक भएर तीन विकेट गुमाउँदै निरास बनेको भारतको जितमा बिराट कोहलीले निर्णायक प्रदर्शन गरेका छन् ।

५१ बलमा ८२ रन प्रहार गरेका कोहरीले २ छक्का र ९ चौका हाने । यस्तै नट आउट रहँदै कोहलीसँगै कप्तान महेन्द्रसिंह धोनीले १० बलमा १८ रन प्रहार गरे ।

टस जिटेर पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो उक्त लक्ष्य मात्र ४ विकेटको क्षतिमा पुरा गर्दै भारतले १९.१ ओभरमा खेल जितेको हो ।
यो जित सँगै भारत सेमीफाइनलमा प्रवेश गरेको छ ।