पाथिभरा गोलडकप : सगरमाथा युवा क्लव फाइनल प्रवेश

Posted on: August 13, 2017 | views: 476

ताप्लेजुङ ।  ताप्लेजुङमा भइरहेको दोश्रो पाथिभरा गोल्डकपको सेमिफाइनलमा सशस्त्र प्रहरी बल दमकलाई हराउँदै सगरमाथा युवा क्लव मोरङ फाइनलमा प्रवेश गरेको छ । 

ताप्लेजुङमा जारी पाथिभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च व्याइज काठमाडौं र सगरमाथा युवा क्लव खेल्ने भएका छन् । 
सगरमाथा युथ क्लब विराटचोक मोरङलाई  २–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नव प्रयास युवा क्लवलाई १–० ले पराजित गर्दै चर्च व्याइजले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।