मैत्रीपूर्ण फुटवल :नेपाल मलेसियासँग बराबरीमा रोकियो

Posted on: May 02, 2016 | views: 170

काठमाडौं,चैत १४। नेपाल र मलेसियाबीच भएको मैत्रीपूर्ण  फुटवल खेल बराबरीमा सकिएको छ ।  पहिलो हाफमा लिएको नेपलले अन्तिम तीन मिनेट जोगाउन नसक्दा  नेपाली युवा टीमले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेका थिए । दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालले ८६ औं मिनेटमा गोल खान पुग्यो ।  मलेसियाका लागि खेलको ८६ औं मिनेटमा मोहमद अरिफ बिन महोनदले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुबै टीमबा गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।