टि-२० विश्वकप : वेष्टइण्डिजलाई हराउँदै अफगानिस्तानको सुखद अन्त्य

Posted on: May 02, 2016 | views: 181

एजेन्सी,चैत १४ । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अप्रत्याशित नतिजा निकाल्दै अफगानिस्तानले सुखद अन्त्य गरेको छ। सुपर टेनको समूह चरणको अन्तिम खेलमा समूहको शीर्ष स्थानमा रहेको वेष्टइण्डिजलाई ६ रनले हराउदै सुखद अन्त्य गरेको हो ।  सन् २०१२ को बिजेता वेष्ट इण्डिज यसअघि नै सेमिफाइनल पुगेको थियो ।  अफगानिस्तानलाई जिताउन मोहम्मद नाबी र र रासिद खानले २-२ विकेट लिए। नागपुरमा जितका लागि १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्र बनायो ।

उसका लागि ड्वेन ब्राभोले २८ तथा ओपनर जोनसन चाल्र्सले २२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२३ रन बनायो। उसका लागि नाजिमुल्लाह जर्दानले सर्वाधिक नटआउट ४८ रन बनाए।