अष्ट्रेलियासँग खेल्न भारतले बनायो स्पिन पिच, बन्ला त आत्मघाती ?

Posted on: May 03, 2016 | views: 208

काठमाडौं,चैत १४ ।  आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा सेमिफाइनलको यात्रा सुनिश्चित गर्न  आयोजक भारतले  मोहालीको पिचलाई स्पिनरका लागि तयार गरेको छ ।  हिन्दुस्तान टाइम्सका अनुसार भारतीय कप्तान महेन्द्रसिंह धोनीको डिजाइनमा यो पिच तयार पारिएको हो । आइतबार साँझ सवा ७ मा शुरु हुने खेलमा भारत र अष्ट्रेलिया गर या मरको अवस्थामा मैदान उत्रने छन् ।

मोहालीमा हुने खेल जित्ने पक्ष विश्वकप सेमीफाइनलमा पुग्नेछ भने हार्ने पक्ष प्रतियोगिताबाट बाहिरिने छ । पाकिस्तान अष्ट्रेलियाको खेल भएको मोहालीको पिचमा खेल्न नचाहेका कारण भारतले अन्तिम समयमा आएर स्पिनरका लागि मद्दत पुग्ने पिच तयार पारेको बताइएको छ । 

यस अघिका ३ खेल मध्ये २ वटामा जित हात पारेपनि भारतको रनरेट प्रतिस्पर्धी अष्ट्रेलिया भन्दा कमजोर छ । यस अघि नागपुरमा भएको खेलमा न्यूजिल्याण्डसँगको खेलका लागि पनि स्पिनर पिच तयार पार्दा भारतलाई आत्मघाती सावित भएको थियो ।