अष्ट्रेलिया र भारतबीच गर या मरको भिडन्त आज

Posted on: May 02, 2016 | views: 238

काठमाडौं,चैत १४ ।  भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशको लागि आज आयोजक भारत र अष्ट्रेलिया बीच भिडन्त हुदैछ । आइतबार साँझ सवा ७ मा शुरु हुने खेलमा भारत र अष्ट्रेलिया गर या मरको अवस्थामा रहेका छन् । यी दुवै टोली सेमिफाइनलमा आफ्नो स्थान बलियो बनाउन जितको खोजीमा मैदान उत्रदै छन् । मोहालीमा हुने खेल जित्ने पक्ष विश्वकप सेमीफाइनलमा पुग्नेछ भने हार्ने पक्ष प्रतियोगिताबाट बाहिरिने छ । 

यस अघिका ३ खेल मध्ये २ वटामा जित हात पारेपनि भारतको रनरेट प्रतिस्पर्धी अष्ट्रेलिया भन्दा कमजोर छ ।  भारतीय सञ्चार माध्यमका अनुसार मोहालीमा वर्षा हुने सम्भावना बढेको छ । यदि वर्षा भयो भने भारतका लागि अविसाफ बन्न सक्छ । वर्षाले खेल हुन नसकेमा भारत स्वतः प्रतियोगिताबाट बाहिरिने छ भने अष्ट्रेलिया रनरेटका आधारमा सेमीफाइनलमा पुग्ने छ ।