फेरि लियो खाल्टोले एक बालिकाको ज्यान

Posted on: July 23, 2017 | views: 535

दार्चुला- शैल्यशिखर नगरपालीका–१ बलाचमा चमेलिया जलविद्युत्त आयोजनाले खनेको खाल्डोमा परी एक बालिकाको ज्यान गएको छ ।  चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरिरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा डुबेर  बलाचका हर्कबहादुर खडायतकी १० वर्षीया छोरी अनीशा खडायत ज्यान गएको  हो ।  

बजार जाँदैगर्दा आयोजनाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।  आफन्तले निमार्ण कम्पनीको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै चाइना गेजुवा ग्रुपसँग क्षतिपुर्तीको माग गरेका छन । यसअघि नेपालको राजधानी काठमाडौमा ढलको खल्टोमा परि बगाउदा एक बालिकाको ज्यान गएको थियो त्यसको दुईदिन पछि खाल्टोमै परि राँगोको पनि ज्यान गएको थियो ।