सगरमाथाको बाटोमा कसरी पर्यो चिरा र भ्वाङ

Posted on: May 03, 2016 | views: 274

११ चैत, काठमाडौं ।
सगरमाथा आरोहणको लागि प्रयोग हुने बाटोमा गत वैशाखको भूकम्पले ठूला खाल्डा र चिरा पारेको देखिएको छ ।
 
आरोहीका लागि बाटो बनाउन आधारशिविरबाट माथि उक्लिँदै क्याम्प एक नजिक पुगेका ‘आइसफल डाक्टर’ ले बाटोमा यसपटक सबैभन्दा धेरै हिउँ चिरिएको र खाल्डा परेको देखेका हुन्।
 
दुई वर्षदखि आरोहण हुन नसकेको सगरमाथामा आर्को महिना सुरु हुने आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु क्याम्प नजिक पुगेका छन्। अघिल्ला वर्षका तुलनामा यसपटक बाटो बनाउन भ¥याङसमेत धेरै प्रयोग भएका छन्।
 
सगरमाथा प्रदूषण नियन्त्रण समिति 'एसपीसीसी' को संयोजनमा बाटो बनाइरहेका आइसफल डाक्टरहरुले क्याम्प एकभन्दा तलै ४० भ¥याङ प्रयोग भइसकेको जानकारी दिएका हुन् ।

क्याम्प दुईसम्म पुग्न सयभन्दा बढी भर्याङ लाग्ने अनुमान छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।