राजकुमार ह्यारी कान्ति बाल अस्पताल पुग्दा (फोटो फिचर)

Posted on: May 03, 2016 | views: 258

११ चैत, काठमाडौं ।
बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ हिजो कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार गरिने वार्ड ९वर्न वार्ड० गएर त्यहाँ उपचारत बालबालिकाको अवस्था बारेमा जानकारी लिएका छन् ।

नेपालको पाँचदिने औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय राजकुमार ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा उनीहरुका अभिभावकसँग कुराकानीसमेत गरे ।

ती बालबालिकामध्ये पाँच बालबालिका गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर क्षति भएपछि अस्थायी बसोबासमा रहेको अस्पतालमा वरिष्ठ बालचिकित्सक आरपी चौधरीले जानकारी दिए ।

गम्भीर अवस्थामा जलेकी लाजिम्पाटकी आठ महिनाकी सौरभ लामाको स्वास्थ्य अवस्था र उनीको हाल भइराखेको उपचारका बारेमा जानकारी लिएपछि राजकुमार ह्यारी गम्भीर बन्नेका थिए ।

हात जलेकी लामाको हाल स्वास्थ्यस्थितिमा सुधार हुँदै गएको बालचिकित्सक चौधरीले जानकारी दिए ।

चिकित्सक चौधरीले जलेको उपचार गर्ने ९वर्न वार्ड० अन्य उपचारका तुलनामा पछि परेको बताउँदै यसलाई नीति निर्माता तथा सञ्चार क्षेत्रले समेत ओझेलमा पारेको बताए ।

राजकुमार ह्यारीले अस्पतालका चिकित्सक, नर्स तथा बालबालिकाका आफन्तलाई आफ्ना भनाइ सुनाएका थिए ।

करिब २० मिनेटका लागि सयम दिने भनिए तापनि बालबालिकासित भलाकुसारी गर्न मन पराउने राजकुमार ह्यारीले सो वार्डमा ४५ मिनेट समय दिएका थिए ।

रामेछापबाट शरीरको करिब ३५ प्रतिशत भाग जलि हाल कान्ति अस्पतालमा उपचारत बालिका रोशनी थोलाङलाई राजकुमारले वात्सल्यता देखाउँदै उनका अभिभावकलाई आगोलगायत अन्य पोल्ने वस्तुबाट सजग रहन भनेका थिए ।

नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले नेपालका विभिन्न पर्यटकिय स्थलको भ्रमण गरिसकेका छन् ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय बनाउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले नेपालका विभिन्न पर्यटकिय स्थलको भ्रमण गरेका छन् ।

यसैक्रममा राजकूमार ह्यारी ले हिजै भक्तपुरको सानोठिमी स्थित न्यूनतम सुविधाविहीन बालबालिकाका लागि कार्यक्रम ९यूसेप० नेपाल सानोठिमी प्राविधिक शिक्षालयको अवलोकन गरेका थिए ।
 

यसअघि उनले वर्दिया, लम्जुङ र पोखराको भ्रमण गर्नुका साथै वर्दियाको खौराहा खोलामा जलयात्रा, निकुञ्ज र होम स्टेको अवलोकन गरेका थिए ।
राजकुमार ह्यारी लम्जुङको पर्यटकिय स्थलको पदयात्रा गरी त्यही गुरुङ समूदायको होमस्टेमा समेत एक रात बसेका थिए ।

पोखराको लामाचौरस्थित ‘गोर्खा ब्रिटिस क्याम्प’ पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ह्यारीले गोर्खा सैनिकका परिवाजनसँग भलाकुसारी गरेका थिए ।

यसैबिच बेलायती युवाराज प्रिन्स ह्यारीले नेपाल बसाई थप ६ दिन लम्ब्याएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय निर्माण गर्न भन्दै आफ्नो नेपाल बसाई लम्ब्याएको बताएका छन् ।