चीनसँग भएको सम्झौता र १५ बुँदे संयुक्त विज्ञप्ती यस्तो छ

Posted on: April 30, 2016 | views: 262

१० चैत, काठमाडौं ।
साता व्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको भ्रमण १५ बुँदे सम्झौता सहित सकिएको छ ।

नेपाल र चीनले १५ बुँदे सम्झौता सहित विज्ञप्तिमा हस्ताक्षर गरेपछि प्रधानमन्त्रीको प्रमुख चीन भ्रमण सकिएको हो । यद्यपी प्रधानमन्त्री ओली अझै दुई दिन चीनको विभिन्न भ्रमणमा रहनेछन् ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणको अन्तिम दिन दुई देशबीच १५ बुँदे संयुक्त विज्ञप्तीमा हस्ताक्षर भएको हो।

नेपाल र चीनवीच सम्पन्न भएका महत्त्वपूर्ण १० सम्झौता :
_______________________________________
१. पारवहन सम्झौताः नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
४. २५ प्रतिशत विना ब्याजको अनुदान
५. एक्जिम बैंकको ऋण
६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारीः यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।
८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौताः यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।
९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौताःएक अर्को देशमा बैंकको शाखा खोल्ने
१०. ह्लासामा पुल निर्माण गर्ने।
ईन्धनकाे विषय सम्युक्त विज्ञप्तिमा उल्लेख हुने ।

संयुक्त विज्ञप्तीमा एक चीन नीतिप्रति पूर्ण प्रतिवद्धता जनाएको नेपाल र चीनबीच भएको १५ बुँदे सम्झौता यस्तो छ ।
भावानुवाद अस्विर साभार अन्नपूर्णपोष्ट