गृह मन्त्रालय सुधारको यस्तो छ खाका

Posted on: June 27, 2017 | views: 270

काठमाडौं ।

मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले सरकारले आज गृह प्रशासन सुधारसम्बन्धी मार्गचित्र सार्वजनिक गरेको छ ।


गृहमन्त्री जर्नादन शर्माले मन्त्रालयमा आयोजित कार्यक्रममा जवाफदेही गृह प्रशासन ः शान्ति सुरक्षा र सुशासन भन्ने उद्घोषका साथ सरकारको मार्ग चित्र सार्वजनिक गर्नुभएको हो ।


गृहमन्त्री शर्माले समग्र गृह प्रशासनको संघीय संरचना अनुरुप आगामी ५ महिना भित्र गृह मन्त्रालय र मातहतका निकायको संगठनात्मक स्वरुप पुन संरचना गरिने बताउनु भयो ।


गृहमन्त्रीले राजनीतिक अपराधिकरण र एवं अपराधलाई राजनीतिकरण गर्ने प्रवृति, र कार्यशैली अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

आगामी पाँच बर्ष भित्र सम्पूर्ण नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने, लागू औषध नियन्त्रणको लागि प्रभावकारी व्यवस्था गर्ने, ट्राफिक प्रहरी लाई दैनिक अतिरिक्त भत्ताको व्यवस्था गर्ने, गृह मन्त्रालय अन्र्तगतका सबै कार्यालयहरुमा विशेष टोली पठाई कार्यदक्षता मूल्याङ्कन गर्ने र नागरिक मैत्री गृह प्रशासनको अनुभूति जनताले गर्ने गरी गृह प्रशासनलाई सुधार गर्ने मार्गचित्रमा उल्लेख छ ।


विरोध प्रदर्शन कार्यले आवागतमन शान्ति सुरक्षा र व्यवसाय सञ्चालनमा पार्ने नकारात्मक प्रभावलाई कम गर्न काठमाडौ लगायतका ठुला सहरमा विरोध प्रदर्शन स्थल तोकिएको स्थानमा मात्र गर्न पाउने गरी स्थान तोकिने राजधानीको ठमेल दरबारमार्ग पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ अ‍ै घन्टा बजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध मिलाईने गृहमन्त्री शर्माले बताउनु भयो । 


लामो समयसम्म एउटै दर्जामा रही कार्य गर्दा प्रहरी कर्मचारीहरुमा नैराश्य उत्पन्न भई कार्य सम्पादनमा असर पुग्ने गरेको देखिएकाले पद सोपानलाई पुनःमूल्यांकन गरी समस्याको समाधान गर्न प्रहरी जवान र प्रहरी हवल्दार प्रहरी नायब निरीक्षक र प्रहरी निरीक्षकको बीचमा प्रहरी बरिष्ठ नायब निरीक्षक पद सृजना गर्नेतर्पm कानूनी व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।