होलीमा रमाएका ह्यारीले हिजो के के गरे ?

Posted on: May 02, 2016 | views: 149

१० चैत, काठमाडौं ।
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह््यारी हिजो पोखरा पुगे ।
लमजुङबाट पोखरा विमानस्थलमा अवतरण गर्नुभएका राजकुमार ह््यारीले भूपू गोर्खाहरुलाई भेटघाट गरेका छन् ।

पोखराको दीपस्थित ब्रिटिस गोर्खा क्याम्पमा पुगी उनले इराक र अफ्गानिस्तानमा मारिएका भूपू गोर्खाका परिवारजनसंग कुराकानी गरे ।

राजकुमार ह्यारीले ब्रिटिस आर्मीमा भर्तीका लागि गरिने डोको दौडको अवलोकन समेत गरेका छन् ।
उनी हिजै पोखरा विमानस्थलबाट काठमाडौ फर्किएका छन् ।

पोखरा विमानस्थलमा उनलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायतले स्वागत गरेका थिए ।

यसअघि हिजै बिहान राजकुमार ह्यारीले पनि  सद्भाव, मेलमिलाप र खुसीको पर्व फागूपूर्णिमाका अवसरमा अबिर रङ खेलेर होली पर्ब मनाएका थिए ।

पश्चिम पहाडको लमजुङ गौँडा गाविस समितिस्थित गाँैडा माविको परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाएका हुन् ।

ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगादिएपछि होली खेल्ने कार्यक्रम सुरु भएको थियो ।  

यस्तै हिजै बेलायती युवराज ह्यारीले प्रधानसेनापती राजेन्द्रक्षेत्रीसंग भेट गरेका छन् ।
भेटका अवसरमा दुई देश बिच रहेको सम्वन्ध र सहयोगका विषयमा छलफल भएको थियो भने प्रधानसेनापती क्षेत्रीले बेलायती राजकुरमा ह्यारीले नेपालको लोकप्रिय सिरुपाती खुकुरी उपहार स्वरुप दिएका थिए ।