भ्रष्ट पूर्व दुई आइजीपी सहित चार जना जेल चलान

Posted on: June 21, 2017 | views: 188

काठमाडौं ।

सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपीसहित चार जनालाई आज जेल चलान गरिएको छ ।

पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई जेल चलान गरिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताउनुभयो ।

सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सर्वोच्च अदालतले बैशाख १७ गते सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाँय सुनाएको थियो ।  

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो ।


सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो ।

एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए सुनाएको थियो ।