राष्ट्रपति र प्रधानमन्त्रीसँग बङ्गलादेशका सेना प्रमुखको भेट

Posted on: June 09, 2017 | views: 157

काठमाडौं ।

राष्ट्रपति  विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग  नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका सेना प्रमुख जनरल अबु बेलाल मोहम्मद सफ्यूूल हकले आज छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ । 


सेना प्रमुख हकले राष्ट्रपतिसँग शीतल निवास र प्रधानमन्त्रीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिँहदरबारमा भेट गर्नुभएको हो । 


भेटका अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । भेटमा  नेपालस्थित बङ्गलादेशका राजदूतको समेत उपस्थिति थियो ।