आफ्नो एनजिओलाई कार्यक्रम नपारिदिएको भन्दै एमाले कार्यकर्ताले सरकारी कर्मचारी कुटे

Posted on: April 29, 2016 | views: 177

८ चैत, काठमाडौं ।  आफ्नो एनजिओलाई कार्यक्रम नपारिदिएको झोंकमा एमालेका एकजना जिल्ला नेताले जिल्ला विकास समिति सल्यानका सूचना अधिकारीमाथि हातपात गरेका छन् ।

गm िाबिनआइतबार दिउँसो जिल्ला विकास समिति सल्यानमा स्थानीय विकास अधिकारीकै कार्यकक्षमा उनलाई हातपात गरिएको आजको अन्नपूर्णले जनाएको छ । एमाले सल्यानका पूर्व जिल्लाअध्यक्ष लोकबहादुर डाँगीले सूचना अधिकारी पूर्ण वलीमाथि लात्ति हानेका थिए ।

घाइते भएर जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेका सूचना अधिकारी वलीले छलफल भइरहेका बेला एकाएक डाँगीले लात्तिले कोखामा हानेको बताए ।

डाँगी र उनकी पत्नी मिलेर सल्यानमा पोष्ट नेपाल भन्ने संस्था चलाएका छन् । सल्यानलाई खुल्ला दिसामुक्त गर्ने अभियानका क्रममा जिल्ला विकास समितिले जिल्लामा कार्यरत ४ वटा गैरसरकारी संस्थालाई छनोट गरेका थियो । त्यसमा आफ्नो संस्थालाई नपारेको भन्दै उनी डाँगी जिविसमा पुगेका थिए ।

सोही विषयमा स्थानीय विकास अधिकारीको कार्यकक्षमा छलफल भइरहेका बेला विवाद बढेपछि सँगै रहेका सूचना अधिकारीमाथि ओलीले लात्तीले हानेका थिए । स्थानीय विकास अधिकारीकै कार्यकक्षमा लात्ती हानियो, अस्पतालमा उपचार गराइरहेको छु’, घाइते ओलीले भने ।

आफ्नो कर्मचारीलाई कार्यालय समयभित्र हातपात भएपछि लोकबहादुरमाथि कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइएको स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलले जानकारी दिए ।  यूनिसेफको बजेट नियम विपरित वितरण गरेको त्यसबारे सुनेपछि बुझ्न स्थानीय विकास अधिकारीसँग कुरा गर्दैगर्दा वलीले आफूमाथि उल्टै आक्रमणको प्रयास गरेको आरोप डाँगीले लगाएका छन् ।