शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न एक हप्ता म्याद

Posted on: June 04, 2017 | views: 262

 काठमाडौंं ।

विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको  छ ।


भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।


विशेष अदालतमा उपस्थिति गराइएका बेलामा पत्रकारसँग कुरा गर्दै  शर्माले आफूलाई नियमविपरीत गैरकानुनी रूपमा गिरफ्तारी गरिएको  बताउनुभयो । 


रामशरण महत देखी देउवा र लोकमानसिंह समेतलाई रिझाउन सफल शर्मालाई अख्तियारले समात्यो