ढिलो भएका ठाउँमा मत गन्न टोली थपिँदै, कहाँ कसले जित्यो सम्पूर्ण विवरण

Posted on: May 16, 2017 | views: 436

काठमाडौं ।

स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको गुनासो सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने निर्वाचन आयोगले जनाएको छ । 


निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ । 


स्थानीय तहको निर्वाचनको पहिलो चरणमा गत वैशाख ३१ मा विभिन्न तीन वटा प्रदेशका २८१ तहमा भएको निर्वाचनको गणना हाल भइरहे पनि परिणाम आउन ढिलाइ भइरहेको छ ।


हुम्ला

हुम्लाको पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी हुनुभएको छ ।


उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसका सुरेन्द्र थापाले ९०३ ल्याउनुभएको छ ।


वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली काँग्रेस समीकरण भएर विजयी भएका छन् ।


स्थानिय निकाय निर्वाचनको कालिकोटमा मतगणना सुरु


तीन नगर र ६ गाउँपालिका रहेको कालिकोटमा हालसम्म तीन नगरपालिका र तिन गाउँपालिकामा मात्रै मतगणना सुरु भएको छ । 


खाडाचक्र नगरपालिका, तिला गुफानगरपालिका, र राष्कोट नगरपालिकामा मतगणना सुरु भएको हो । कालिकोटका तिन गाउँपालिकामा मतगणाना हुन सकेको छैन । 


महाभे गाउँपालिका, नरहरीनाथ गाउँपालिका र काकिला गाउँ पालिकामा मतगणना सुरु हुन सकेको छैन । 


कालिका गाउँपालिकाको बालाचौर मतदान केन्द्र र नरहरी नाथ गाउँपालिकाको माल्कोट सेरापाटा मतदान केन्द्रमा झडप भएर मतदान हुन नसके पछि ती गाउँपालिकाको मतगणना सुरुहुन नसकेको हो भने महाभै गाउँपालिकामा राजनीतिक दलहरुबीच समझदारी हुन नसके पछि मतगणना हुन सकेको छैन । 


उता पालाता क्षेत्रको पचालझरना गाउँपालिकामा भने ढिलो गरी आजमात्रै मतगणना सुरु भएको छ । 


कालिकोटको शान्नि त्रिवेणी गाउँपालिकामा भने माओवादी केन्द्रका डम्बरबहादुर शाही १७ सय ३३ मतलिएर गाउँपालिकाको अध्यक्षयमा विजयी हुनु भएको छ  भने उपप्रमुखमा पनि माओवादी केन्द्रकै होईजा बुढा १५ सय ४९ मत लिएर विजयी भएका छन उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रमुखमा उम्मेदार गार्खबहादुर केषिले १२४९ मत प्राप्तगरि दोस्रो भएका छन भने एमालेका नमराज देवकोटा १२८८ मतका सात तेस्रो स्थानमा रहनु भएको छ ।  


गाउँपालिकाको १० वडाहरु मध्य ३ वार्डमा माआबोदी, २ वटा वार्डमा एमाले र ३ वार्डमा काँग्रेस र एक वार्डमा राप्रपा, २ वार्डमा नकेपा एमालको प्यानेल विजयी भएका छन । 


कालिका नगरपालिकाको ११ मा मतदान सम्पन्न


चितवनको कालिका नगरपालिकामा आज मतदान सम्पन्न भएको छ । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका वडा नम्बर ११ मा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।


उहाँका अनुसार उक्त वडामा ८२० मतदाता रहेकोमा ६६४ मत खसेको शर्माले जानकारी दिनुभयो । यो उक्त वडाका कुल मतदाताको ८१ प्रतिशत हो । 


मतगणनाको विषयमा आजैका लागि सर्बदलिय बैठक बोलाईएको र बैठकको निर्णय अनुसार मतगणनाकोक्रम अघि बढ्ने शर्माले जानकारी दिनुभयो ।


वैशाख २६ गते बर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका वडा नम्बर ११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । 


सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल विजयी


सिन्धुलीको मरिण गाउँपालीकामा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गाउँपालीका अध्यक्ष पदका उम्मेदवार पानिराज बम्जन ४७४१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार संगिता माझीले ४५२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।


यस्तै नेपाली कांग्रेसका गाउँपालीका अध्यक्ष पदका उम्मेदवार नवराज श्रेष्ठ आकासले १७४५ उपाध्यक्ष पदका उम्मेदवार विमला माझी १८९२ र नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानलका नयाँशक्तिका एक बहादुर रानाले १८६६ र नेकपा एमालेकी उपाध्यक्ष सर्मिला माझीले १९७७ मत प्राप्त गर्नुभएको छ ।


वडा नम्वर १ मा हिरा बहादुर गुर्मछानले ६१६, वडा नम्वर २ मा चन्द्रनाथ गौतमले ६६७, वडा नम्वर ३ मा बिमर्श मोक्तानले ६९३ र वडा नम्वर ४ मा धन बहादुर स्याङ्गतानले  ८७८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नम्वर ५ मा प्रचार बम्जनले ४३१, वडा नम्वर ६ मा  कुरसाङ्ग लामाले ६२२ र वडा नम्वर ७ मा राजन थापाले ७०५ मत प्राप्त गरि विजयी हुनुभएको छ । 


चाँगुनारायणमा भोली पुनः मतदान, मतगणना हुन सकेन


स्थानीय तह निर्वाचन २०७४ अन्र्तगत विवादित चाँगुनारायण नगरपालिकामा भोली बुधबार पुन ः मतदान हुने भएको छ । 


आइतबार मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किए पछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुन ः मतदान हुने निर्बाचन कार्यालयले जनाएको छ ।


नवलपरासीका लागि तयार पारिएको मतपत्र त्यहां बितरण गरेको पाइएको आयोगले जनाएको छ । 


चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिञ्जा डंगोलले बतँउनुभयो ।पुनः मतदान सकिएपछि यस नगरपालिकाको मतगणना गरिने उहाँले बताउनुभयो ।


चाँगुनारायण नगरपालिका ६ (साविक नगरकोट गाविस) मतदानकेन्द्र ‘ख’ मा कूल ८०७ मतदाता रहेका छन् । 


पैयूँमा काँग्रेसका खगेन्द्रप्रसाद तिवारी विजयी


पर्वत

पर्वतको पैयूँ गाउँपालिकाको मतगणना पनि सकिएको छ । पैयूँ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले ३ हजार ४३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी मित्रलाल वस्याल २ हजार ४५४ मत प्राप्त गर्नुभएको छ । दुईजनाको विचमा ९७७ मतको फरक रहेको छ । उपप्रमुखमा नेपाली काँग्रेसका जसमती गुरुङले ३ हजार १६८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका गोमताकुमारी शर्मा २ हजार ४८४ मत ल्याउनुभयो । उहाँहरुको विचमा ६८४ को अन्तर रहेको छ । 


नेपाली काँग्रेसले जितेको स्थानीय तह 

जिल्ला 

गाउँपालिका अध्यक्ष   

अध्यक्ष 

उपाध्यक्ष  

मनाङ

नार्फु गाउँपालिका


मोनिन्दजंग गुरुङ


नासाङ गाउँपालिका 

चन्द्र घले 

कमलमाया गुरुङ


लोमान्थाङ गाउँपालिका



मुस्ताङ

थासाङ गाउँपालिका 

बुद्धिप्रसा शेरचन 

बालकुमारी शेरचन 


बाह्रगाउ मुक्ति क्षेत्र गाउँपालिका 

छेन्चोक छेप्तेन गुरुङ

डोका गुरुङ


दोलोमो गाउँपालिाका 



लोमान्थाङ गाउँपालिका

सुवर्ण कुमार विष्ट

पेमाडोल्मा विष्ट

बाग्लुङ

तमानखोला गाउँपालिका

जोगलाल बुढा

मनसरि शेरचन 

जाजरकोट

कुशे गाउँपालिका

हरिशचन्द्र वाग्ले 

रामछाया शाही

म्याग्दी 

अन्नपूर्ण गाउँपालिका

डम्बरबहादुर पुन


नवलपरासी

बुंदिकाली गाउँपालिका

दुर्गाबहादुर राना 

मायादेवी श्रेष्ठ

दैलेख 

डुम्लेश्वर गाउँपालिका


नरेन्द्र मल्ल


ज्ञवाली

तनहुँ 

देवघाट गाउँपालिका 


विमला थापा

जुम्ला 

पातरासी गाउँपालिका 

लछीमन बोहोरा 

पुनकाली महतरा 


सिम्जा गाउँपालिका

केवल सिंह रावल 


नेकपा एमालेले जितेका स्थनीय तहहरु 

जिल्ला 

गाउँपालिका


अध्यक्ष

 उपाध्यक्ष 

मनाङ

चामे गाउँपालिका

लोकेन्द्रबहादुर घले


नेस्याङ गाउँपालिका

कान्छा घले

मेङ्खु गुरुङ

मुस्ताङ

घरपझोङ गाउँपालिका

आशबहादुर थकाली 

शर्मिला गुरुङ

लालितपुर 

महांकाल गाउँपालिका

रामचन्द्र दाहाल

कमला लामा तामाङ

तनहुँ

देवघाट गाउँपालिका

दुर्गाबहादुर थापा


रसुवा

गोसाइकुँण्ड गाउँपालिका


जाजरकोट

शिवालय गाउँपालिका


डोल्पा  

काइके गाउँपालिका 

अँगल कुमार राना 


शे–फोक्शुण्डो गाउँपालिका

टासीडुन्फु गुरुङ 


ठूली भेरी नगरपालिका

गणेशबहादुर शाही


मुड्केचुला गाउँपालिका 


साविता रोकाया 

कास्की

मादी गाउँपालिका  

बेदबाहादुर गुरुङ

विष्णुमाया पौडेल

सल्यान 

ढोरचौर गाउँपालिका


स्याङ्जा

फेदिखोला गाउँपालिका 

घनश्याम सुवेदी 

देवी थापा

जुम्ला 

सिजा गाउँपालिका 


नेकपा माओवादीले जितेका स्थानीय तह

जिल्ला 

गाउँपालिका अध्यक्ष   

अध्यक्ष 

उपाध्यक्ष  

डोल्पा

जगदुल्ला गाउँपालिका

नरसिंह रोकाय

उपाध्यक्ष अमृता लामा


मुड्केचुला गाउँपालिका 

दन्तबहादुर शाही 


कालिकोट

सान्तीत्रिवेणी गाउँपालिका 

डम्बरबहादुर शाही 

हुइजारी बुढा 

रुकुम

सानीभेरी गाउँपालिका 

नरबहादुर पुन

इन्दीरा वली 

सल्यान 

दार्मा गाउँपालिका 

निमबहादुर केसी

टिकाशर्मा ओली 

सिन्धुली 

मरिण गाउँपालिका 

पानिराज बम्जन 

संगिता माझी

हुम्ला 

ताजाकोट गाउँपालिका 


जुम्ला 

गुठी चौर गाउँपालिका 

हरीबहादुर भण्डारी 

जनादेवी ऐरी 


ललितपुर

कोन्ज्योसोम गाउँपालिका 

गोपिलाल सिन्ताङ

निमा लामा