श्रीलंका ।
श्रीलंकाको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति बिधादेबी भण्डारी र श्रीलंकाका पूर्ब राष्ट्रपति चन्द्रिका बन्दरानायके कुमनरातुंगा बीच आज श्रीलंकाको कोलम्बोमा शिष्टाचार भेटबार्ता भएको छ ।
कोलम्बोस्थित होटेल हिल्टनको बिशिष्ट कक्षमा भएको भेटबार्तामा उहांहरुबीच नेपाल श्रीलंका बीचको मैत्रीपूर्ण सम्बन्ध, दुई देशबीच पर्यटन प्रबर्धन लगायत द्धिपक्षिय हितका बिबिध बिषयमा कुराकानी भएको श्रीलंकास्थित नेपाली दूतनबासले जनाएको छ ।
राष्टपति भण्डारी आजै श्रीलंकाबाट भारतको दिल्ली हुंदै स्बदेश फर्किदै हुनुहुन्छ ।
५ दिने औपचारिक भ्रमणमा राष्टपति भण्डारी बैशाख २९ गते थाईल्याण्ड हुंदै श्रीलंका प्रस्थान गर्नुभएको थियो ।