मतपेटिका संकलन सकियो, ५ अध्यक्ष, ४ उपाध्यक्षसहित १ सय ५८ जना बिजयी : आयोग

Posted on: May 16, 2017 | views: 349

काठमाडौं ।

पहिलो चरणको स्थानीय तहको वैशाख ३१ भएको निर्वाचनका मतपेटिका संकलन गर्ने कार्य पुरा भएको छ ।


निर्वाचन आयोगका अनुसार मतपेटिका संकलन भएपनि मुलुकका सात वटा मतदान केन्द्रमा मतगणना शुरु हुन बाकी रहेको र ६ स्थानमा विभिन्न कारणले मतगणना र मतदान नै रोकिएको छ ।


काभ्रे र दोलखाको १ तथा कालिकोटको २ स्थानमा भएको विवाद र झडपका कारण पुनः निर्वाचनको माग भइआएकाले त्यसबारे छलफल भइरहेको आयोगले जनाएको छ ।


भक्तपुरको चागुनारायण नगरपालिकामा अन्य जिल्लाको केही मतपत्र प्रयोग भएका कारण पुन मतदानको माग भएको छ ।


निर्वाचन आयोगमा हालसम्म विभिन्न स्थानीय तहका ५ अध्यक्ष, ४ उपाध्यक्षसहित १ सय ५८ जना निर्वाचित भएको आधिकारिक विवरण प्राप्त भएको जनाइएको छ ।


प्रदेश नम्वर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८१ स्थानमा भएको मतदानमा २ सय ६० भन्दाबढी स्थानमा भने मत गणना जारी रहेको आयोगले जनाएको छ ।