काठमाडौँ महानगरमा ताजा मतपरिणाम आयो, एमालेलाई साझा पार्टी र काँग्रेस पछ्याउँदै

Posted on: May 15, 2017 | views: 1562

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि  मतपरिमाण सार्वजनिक गरिएको छ । 


भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो । 


राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो । 


उहाँका अनुसार साझा पार्टीकातर्फबाट किशोर थापाले ३५, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ३१, नेपाली काँग्रेसका राजुराज जोशीले ३६ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले ६ मत प्राप्त गर्नुभएको छ । 


यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याउनुभएको छ । कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको उहाँले जानकारी गराउनुभयो । 


वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो ।

काठमाडौं महानगरको मतगणना अपडेट

मेयर 

एमाले (विद्यासुन्दर शाक्य)- ५६

कांग्रेस (राजुराज जोशी)-३६

साझा (किशोर थापा)- ३५

बिबेकशील (रञ्जु दर्शना न्यौपाने)-३१

माअोवादी (सर्वोत्तमदास डंगोल) -६

नेमकिपा-१

नयाँशक्ति-४

३१० मतमध्ये २६ मत बदर